२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

शीर्ष तीन दलको बैठक नक्कली शरणार्थी प्रकरण मिलाउन बस्ने गरेको रास्वपाको आशंका

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दलका शीर्ष नेताहरु बसेर नक्कली भूटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ।

आईतवार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्ट्याउने प्रयास गर्नु नहुने निस्कर्ष निकालेको हो।  

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको बैठकमा भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्नु नहुने पनि स्पष्ट पारे। उनले आफ्नो पार्टी राजनीतिक लेनदेनमा नबस्ने भन्दै संसद प्रभावकारी बनाउनुपर्ने बताए। उनले भ्रष्टाचारमा अहिले भइरहेको छानबिनको विषयलाई पार्टीले समर्थन गर्ने तर यतिमा मात्रै खुशी हुने अवस्था नरहेको भन्दै सबै चनाखो भएर रहनुपर्ने अवस्था आएको बताए। उनले नक्कली भूटानी शरणार्थी प्रकरणलाई तलमाथि हुन नदिन आफ्नो पार्टी लापिरेको बताए।  

बैठकमा पछिल्लो समय शीर्ष तीन दलका नेताहरुको बैठक बसिरहेको र त्यसले संसदलाई बन्दी बनाउने आशंका उब्जाएका बताउँदै उनले भने,' आवाज उठाउने सबैभन्दा मुख्य ठाउँ संसद नै हो, यदी त्यहाँ बन्द गरियो भने हामी सडकमा गएर भएपनि आवाज उठाउनेछौँ । राजनीतिक पार्टीहरु अब फेरि बचाउन लाग्नेतिर जानुहुन्छ भन्ने लाग्दैन ।’ 

उनले बैठक बस्न मिल्ने तर संसदीय गतिविधिहरु संसदबाट नै हुनुपर्ने अडान रास्वपाको रहेको जिकिर गरे। उनले संसदबाट हुनुपर्ने काम कारबाही र निर्णय संसदबाट नै हुनुपर्ने बताए।

 उनले भने,' तीन दल कुनै न कुनै हिसावले भूटानी शरणार्थी प्रकरणमा जोडिएका छन्, बाहिर आएको कुरा छ, त्यो घटना मिलाउनका लागि तीन दल बस्नु भएन, हामी उहाँहरुसँग चारौँ दल भएर राजनीतिक लेनदेन गर्नेछैनौँ । भ्रष्टाचारका मुद्दालाई मिलेमतोमा कमजोर बनाउन पाइँदैन।'

प्रमुख सचेतक परियारले लोकतन्त्रलाई बलियो बनाउने र प्रभावकारी बनाउने हो भने सबै राजनीतिक पार्टीहरुलाई हैसियत अनुसारको समितिको नेतृत्व दिनुपर्ने स्पष्ट पारे।

प्रकाशित: १ जेष्ठ २०८० ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App