५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

गण्डकीका मुख्यमन्त्री पाण्डेले दीपक मनांगेलाई हटाएर तनहुँका जीतप्रकाश आलेलाई मन्त्री बनाउँदै

राजीव गुरुङ (दीपक मनांगे) को मन्त्री यात्रा अन्तिम समयमा रोकिएको छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रीपरिषद् बिस्तार गर्ने क्रममा मनांगे पनि मन्त्री बन्ने तयारी भएको चर्चा चलेको थियो। तर, अन्तिम समयमा मनांगेको मन्त्री बन्ने यात्रा रोकिएको छ।  

श्रोतका अनुसार मनांगेको ठाउँमा तनहुँ २ (ख)बाट विजेता जीतप्रकाश आले मन्त्री बन्ने भएका छन्। ‘खासमा मनांगेलाई मन्त्री बनाउने तयारी मुख्यमन्त्री पाण्डेको थिएन। तर, बाहिरी हल्ला मात्र भएको हो । मुख्यमन्त्रीले मनांगेलाई मन्त्री बनाउने लिष्टमा राखेकै थिएनन,’ श्रोतले भन्यो, ‘गठबन्धनका कारण मुख्यमन्त्रीलाई दवाव नभएको होइन, तर, अन्तिम समयमा मनांगेको नाम काटिएको हो।’

शुक्रबार चारजना मन्त्री थप्ने तयारी भएसँगै गण्डकीमा सात सदस्यीय मन्त्रीपरिषद् बन्ने भएको छ। थपिने अरु मन्त्रीहरुमा कांग्रेसबाट बागलुङका दीपेन्द्र थापा, नवलपुरका महेन्द्रध्वज जिसी रहेका छन्। त्यस्तै माओवादीबाट रेशम जुग्जाली पनि मन्त्री बन्नेछन।  यसअघि मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई मन्त्री बनाएका थिए । तिवारी र सिम्खडालाई विना विभागीय मन्त्री बनाइएको थियो।

प्रकाशित: २९ वैशाख २०८० १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App