७ वैशाख २०८१ शुक्रबार
राजनीति

मन्त्री छान्न उपेन्द्र दबाबमा

जनता समाजावदी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव रिक्त रहेको वन तथा वातावरण मन्त्रालयमा मन्त्री सिफारिस गर्ने विषयमा पार्टीभित्रै चर्को दबाबमा परेका छन्। दबाबकै कारण झण्डै डेढ महिनासम्म उनले कसैलाई सरकारमा पठाएका छैनन्।

जसपा गत चैत १७ गते सरकारमा गएको थियो। सरकारमा जसपाले दुईवटा मत्रालय पाएको छ। यादवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अशोक राइलाई मात्र पठाएका छन। बाँकी एक मन्त्रालय वन तथा वातावरण मन्त्रालयमा कसैलाई पठाएका छैनन्। रिक्त रहेको मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा बुधबार बसेको कार्यकारिणी समितिको बैठकमा छलफल हुने अनुमान धेरैले गरेका थिए। यसअघि उनले ‘वैशाख २७ गते पछि सरकारमा पठाउँछु’ भन्ने अभिव्यक्ति दिने गरेका थिए। त्यसैले बुधबारको बैठकमा यस बारेमा टुंगो लाग्ने अनुमान गरिएको थियो।

रिक्त रहेको मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा बुधबार बसेको कार्यकारिणी समितिको बैठकमा छलफल हुने अनुमान धेरैले गरेका थिए। यसअघि उनले ‘वैशाख २७ गते पछि सरकारमा पठाउँछु’ भन्ने अभिव्यक्ति दिने गरेका थिए।

जसपाको कार्यकारिणीले यसअघि नै मन्त्री छान्ने सबै अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइसकेको छ। बुधबार बसेको बैठकमा यस बारेमा यादवले कुरा उठाएनन। उनी बुधबार नै साँझ वीरगञ्जतर्फ लागेका छन्। आइतबार काठमाडौ फर्कने कार्यक्रम रहेको छ। त्यसपछि मात्र जसपाले सरकारमा पठाउने सम्भावना रहेको जसपाको एक नेताले बताए।

पार्टी स्रोतका अनुसार प्रदीप यादव, राजकिशोर यादव, नवलकिशोर यादव, रेखा यादव र वीरेन्द्र महतोले सरकारमा जान पार्टी अध्यक्ष यादवलाई विभिन्न किसिमबाट चर्कोे दबाब दिइरहेका छन्। यी मध्ये प्रदीप यादव र राजकिशोर यादव यसअघि मन्त्री भइसकेका छन भने नवलकिशोर साह मधेस प्रदेशमा प्रदेश मन्त्री भइसकेको छन्।

स्रोतका अनुसार यी ५ जनामध्ये प्रदीप र राजकिशोर पुनः मन्त्री हुन चाहेका छन् भने नवल किशोर एकपटक संघीय सरकारको मन्त्री हुन चाहेका छन्। रेखा यादवले सरकारमा कम्तीमा एकजना महिलाई पठाउनुपर्छ भन्ने दबाब दिइरहेकी छन्। यता वीरेन्द्र महतोले ‘पार्टीमा लगानी मात्र गरिरहेको छु प्रतिफल पाएको छैन’ भन्दै पार्टी अध्यक्ष यादवलाई दबाब दिइरहेको स्रोतले बतायो।

जसपा विभाजन हुँदा राजकिशोरले महन्थ ठाकुर–राजेन्द्र महतो टिमलाई छाडेर उपेन्द्र यादवतीर लागेका थिए। त्यसबेला गरेको गुन यसबोला उपेन्द्रले तिर्नुपर्छ भन्ने उनको बुझाइरहेको पार्टीका एक नेताले बताए।

स्रोतका अनुसार यी ५ जनामध्ये प्रदीप र राजकिशोर पुनः मन्त्री हुन चाहेका छन् भने नवल किशोर एकपटक संघीय सरकारको मन्त्री हुन चाहेका छन्।

ती नेता भन्छन्, ‘सम्भवत यही दाबाको कारण अध्यक्ष ज्यले कसैलाई सरकारमा नपठाएको हुन सक्छ।’ ती नेताका अनुसार पार्टी अध्यक्ष यादव आफैं सरकारमा जाने सम्भावना पनि कायम छ। तर सरकारमा उनले उपप्रधानमन्त्री खोज्नेछन्।’

यसैगरी उनका लागि मन्त्रालय साट्नु पर्नेछ। ‘उनी वनमा नजाने सम्भावना बढी छ,’ स्रोतले भन्यो, ‘त्यसबेला राई वन र यादव शिक्षामा जाने सम्भावना छ।’

जसपाका प्रवक्ता मनीष सुमनले पार्टी अध्यक्ष यादव आफै सरकारमा जाने नजाने विषयमा टुंगो नलागेको बताए। ‘पार्टी कार्यकारिणी समितिको बैठकले सरकारमा पठाउने भन्ने विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई दिएको छ। रिक्त रहेको मन्त्रालयमा पार्टी अध्यक्षज्यू आफैं जानु हुनेछ या अरू कसैलाई पठाउनुहुनेछ यसबारेमा टुंगो लागेको छैन,’ सुमनले भने। अब एक-दुई दिनमै जसपाले वन मन्त्रालयमा कसैलाई सिफारिस गर्ने सम्भावना रहेको सुमनले बताए।

वैशाख १० गते भएको उपनिर्वाचनमा आफूलाई अप्ठयारो पर्ने डरले यादवले सुरुमा अशोक राईबाहेक कसैलाई सरकारमा पठाएनन। वन मन्त्रालयमा एक जननलाई पठाए सरकारमा जान नपाएकाहरू एक ठाउँमा उभिने र उपनिर्वाचनमा आफूलाई अप्ठ्यारोमा पार्ने बुझाइ उनको थियो। त्यसैले वैशाख १० सम्म उनी पर्खेर बसे। सरकारमा कसैलाई पठाएनन्। तर उपनिर्वाचन सकिएको १५ दिन पुग्दासम्म कसैलाई सरकरमा पठाएका छैनन्। खाली रहेको वन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालले हेरेका छन्।

वैशाख १० गते भएको उपनिर्वाचनमा आफूलाई अप्ठयारो पर्ने डरले यादवले सुरुमा अशोक राईबाहेक कसैलाई सरकारमा पठाएनन।

यसैबीच, बुधबार बसेको जसपाको कार्यकारिणी बैठकले जसपाको विधान अधिवेशन असार १ देखि ११ गतेसम्म गर्ने निर्णय गरेको छ। पार्टीका प्रवक्ता सुमनका अनुसार विधान अधिवेशनले नयाँ विधानलाई पास गर्नेछ। अहिले त्यसका लागि मस्यौदा बनाउने काम भइरहेको सुमनले बताए ।

प्रकाशित: २८ वैशाख २०८० ०१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App