४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्वास्थ्य परीक्षण पछि खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइयो

तस्बिर: प्रसन गरुङ/नागरिक

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ।

प्रहरीले उनलाई स्वास्थ्य परीक्षण पछि सरकारी वकिलको कार्यालयमा पुर्‍याएको हो। अब उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिने छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो।

बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका खाँणलाई अहिले काठमाडौं प्रहरी परिसर टेकु पुर्याएको थियो।

प्रहरीले जरुरी पक्राउ पूर्जी जारी गरेर खाँणलाई बुधबार बिहान पक्राउ गरेको हो।

प्रकाशित: २७ वैशाख २०८० १०:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App