काठमाडौं- युवा संघ नेपालका अध्यक्ष राजिब पहारीले हरेक युवा उत्पादनसँग जोडिनु पर्ने बताएका छन्। युवा संघले धरानमा आयोजना गरेको कार्यक्रममा बोल्दै पहारीले युवाहरु उत्पादनसँग जोडिए मात्र देश सम्वृद्व बन्ने धारणा राखे।
पहारीले देशमा तीन खालका अतिवाद रहेको औंल्याए। नेपाली कांग्रेसको को खोक्रो आदर्स पहिलो अतिवाद भएको उनको धारणा थियो। नेपाल का सार्वजनिक संस्थानलाई निजीकरण को नाममा कांग्रेसले सकेको आरोप उनको थियो।
केपी ओली सरकारले ल्याएको सम्वृद्विको अभियान लाई भारतीय रेल चढ्ने बानी परेकाहरुले बिरोध गरेको उनको भनाई थियो। उनले माओवादी राजनैतिक चरित्र नभएको झुन्ड भएको उनको आरोप थियो।
मधेस आन्दोलन को नाममा मधेसका स्वघोसित मसियाहरु सामाजिक सद्भाव खल्बल्याउन लागि परेको पहारीको आरोप थियो।
प्रकाशित: ७ फाल्गुन २०७३ १३:४९ शनिबार