१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचनको तयारीमा लाग्न महामन्त्री कोइरालाको निर्देशन

इनरुवा– नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका वडा नं ५ मा आयोजित वडा भेला कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। महामन्त्री कोइरालाले स्थानीय चुनाव अहिलेकै सरकारले गर्ने भएकाले त्यसमा कुनै शङ्का नगरी त्यसको तयारीमा लाग्न आग्रह गरे।

उनले चुनाव नभए देश नै सङ्कटमा पर्नसक्ने भएकाले चुनाव नहुनेमा आशङ्का नगर्न कार्यकर्तालाई आग्रह गरे। फरक प्रसङ्गमा उनले नेपाली काँग्रेसभित्र कुनै गुटउपगुट नरहेको बताए। पार्टीको महाधिवेशन अगाडि गुटउपगुट भए पनि महाधिवेशनपछि सबै समाप्त भएको उनले दाबी गरे। रासस

प्रकाशित: २८ माघ २०७३ १३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App