४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रवि र स्वर्णिमले लिए सांसदको शपथ, उपेन्द्र यादव अनुपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्।  

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन्।

आजको सपथ ग्रहणमा जसपा अध्यक्ष उपेन्द्र यादव भने अनुपस्थित भए। बारा २ बाट निर्वाचित भएका यादव काठमाडौं बाहिरै रहेकाले शपथमा अनुपस्थित भएका हुन्।

प्रकाशित: १५ वैशाख २०८० ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App