१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घबीच रहेको द्विपक्षीय सम्बन्ध थप मजबुत रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे।

सो क्रममा राजदूत डेप्रेजले नेपाल र युरोपेली सङ्घबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०८० १२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App