२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओलीलाई कालो झण्डा देखाउनेलाई कानुनी कारबाहीः प्रजिअ

प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका प्रहरी निरीक्षक अनिल माबो । तस्वीरः विष्णु /नागरिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाई अराजक गतिविधि गर्नेलाई कारबाही हुने झापाका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अराजक गतिविधि गरी प्रहरीमाथी निर्घात आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने उल्लेख गरे।

'तिनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ हामी अनुसन्धान गरिरहेका छौं दोषी पाइए कानुनी कारबाही हुन्छ', उनले भने। उनका अनुसार प्रदर्शन शान्तिपुर्ण गर्ने भनेर खबर गरी नियोजित रूपमा प्रहरीमाथी आक्रमण भएको हो। 'शान्तिपुर्ण बिरोध प्रदर्शन गर्छौं भनेर प्रहरी माथी आक्रमण गर्न त पाइदैन नि दुई जना प्रहरीको अहिलेपनि उपचार भइ रहेको छ', उनले भने।

बुधबार गृह जिल्ला झापा आएका केपी ओलीलाई कोशी प्रदेशको नाम फेर्नु पर्ने भन्दै पहिचानवादीहरुले प्रदर्शन गरेका थिए। नाराबाजी गर्दै ओली सवार गाडीमा ढुङ्गा मुढा भएपछि  प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो।

झडपमा परी घाइते भएका २ जना प्रहरी अधिकारीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ।  कालो झन्डा देखाँउदै प्रहरी माथी आक्रामण गर्ने ३ जनालाई प्रहरीले गएरातीबाट नियन्त्रणमा लिइएको कार्यलयले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०८० ०६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App