१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्वाचनको निर्मम समीक्षा गर्छाैं: कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपनिर्वाचनमा भएको हारको समीक्षा निर्ममरूपमा गरिने बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनको निर्मम समीक्षा गरेर पार्टीलाई कसरी अघि बढाउने निर्णय गरिने बताएका हुन्।  

कोइरालाले हारको दोष कोहि एक जना नेतालाई मात्रै लगाउन नहुने स्पष्ट पारे। ‘हारको दोष सबैले लिनुपर्छ,’कोइरालाले भने, ‘निर्वाचनको निर्मम समिक्षा गरेर पार्टीलाई कसरी अघि बढाउने निर्णय गर्छांैं।’ वैशाख १० गते सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा चितवन र तनहुँमा नेपाली कांग्रेसका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग फराकिलो मतान्तरले पराजित भएका थिए। कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहना अनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताए। उनले युवाको भावना अनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको उल्लेख गरे। डा. कोइरालाले मुलुकको आर्थिक अवस्था कमजोर रहेको बताउँदै गत वर्षको भन्दा ३ खर्ब रूपैयाँ कमको बजेट आउने सम्भावना रहेको जानकारी दिए। उनले गत वर्षको तुलनामा राजस्व र अन्य आम्दानीका स्रोतहरू खुम्चिएको बताए। पार्टी संसदीय दलमा अर्थमन्त्रीले गरेको बिफ्रिङ अनुसार आगामी बजेट गत वर्षको तुलनामा ३ खर्बभन्दा बढीले घट्ने अवस्था देखिएको भन्दै उनले आर्थिक मन्दीका कारण व्यापार, उद्योग, सेवा, कृषि सबैजस्तो क्षेत्रहरू प्रभावित भएको बताए।  

प्रकाशित: १३ वैशाख २०८० ०३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App