२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त रहेको जानकारी गराएका हुन्। घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई पदमुक्त गराउन संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीको सोही निर्णय बमोजिम उनको पद रिक्त भएको सभामुख घिमिरेले बताए। उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य डा. ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निस्काशन गरेको र सो निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भनि निर्णयसहितको सूचना राजनीतिक दलसम्बन्धि ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद सचिवालयमा दिएकोले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु। साथै राजनीतिक दलसम्बन्धि ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको व्यहोरा समेत माननीय सदस्यहरुलाई जानकारी गराउँछु।’

श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भएका थिए।

प्रकाशित: १२ वैशाख २०८० १०:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App