१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ईदले आपसी सहकार्य थप सुदृढ बनाएको छ: पूर्वराष्ट्रपति भण्डारी

फाइल तस्बिर।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ईद (ईद उल फित्र) पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको बताएकी छन्।

ईद पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईदको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्।

“ईद उल फित्र पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको छ। सामाजिक र सांस्कृतिक विविधतामा  जनताबीच कायम हुने एकता नै नेपालको राष्ट्रिय सामथ्र्य हो  यसै एकताको भावनाले नै आपसी सहिष्णुता र सहयोग प्रवद्र्धन गर्दै नेपाललाई प्रगतिको बाटोमा अगाडि बढाउन सकिन्छ”, भण्डारीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।

उनले यस पर्वले नेपाली जनताबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गर्न प्रेरणा प्रदान गरोस् भन्ने अपेक्षासमेत व्यक्त गरिन्।

प्रकाशित: ९ वैशाख २०८० १४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App