२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले छिट्टै पूर्णता पाउँछ: उपप्रधानमन्त्री खड्का

सुर्खेत विमानस्थलमा बोल्दै उपप्रधान तथा रक्षा, कानुनमन्त्री पूर्णबहादुर खड्का। तस्विर: गोविन्द केसी/नागरिक

नेपाली काँग्रेसका उपसभापति तथा नेपाल सरकारका उपप्रधान तथा रक्षा, कानुनमन्त्री पूर्ण बहादुर खड्काले सरकारले छिट्टै पूर्णता पाउने बताएका छन्।

सुर्खेत विमानस्थलमा शुक्रबार पत्रकार भेटघाटमा बोल्दै खड्काले सरकारलाई पूर्णता दिन छलफल भइरहेकोले छिट्टै पूर्णता पाउने जानकारी गराएका हुन्।

उपप्रधान तथा रक्षा, कानुन मन्त्री खड्का आफनो निर्वाचन क्षेत्रमा हुने कार्यक्रमहरुमा सहभागी हुन आएका बेला सरकारको पूर्णता छिटो हुने बताएका हुन्। भेरी नदि किनारमा बन्न लागेको भेरीगंगा उपत्यका नमुना आधुनिक शहर आयोजनाको कार्यालय उद्घाटन गर्न उपप्रधानमन्त्री खड्का सुर्खेत आएका हुन्। आयोजनाको डिभिजन प्रमुख सहित १३ जनाको दरबन्दीसहित नयाँ कार्यालय स्थापना हुन लागेको हो। मेहेलकुनामा वृहत खेलकुद महोत्सव समापन कार्यक्रम सहभागी भएर उपप्रधानमन्त्री खड्का सिम्तामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने छन्।  

उनले पत्रकार भेटघाटमा कर्णालीमा विकास गर्न केन्द्र र प्रदेश सरकारले विशेष रुपमा प्राथमिकता दिएर बजेट विनियोजन गर्ने समेत विश्वास दिलाए। कर्णाली करिडोरको काम भईरहेकोले अर्को वैशाखसम्म सेनाले हुम्लाको सदरमुकाम सिमिकोटसम्म पुराउने खड्काले बताए। उनले भेरी कोरिडोर, रत्न राजमार्ग, तेलपानी–भुरीगाँउ जोड्ने सडक, सिंचाई योजनाहरु, जलविद्युत परियोजनाहरुमा विशेष बजेट विनियोजन हुने समेत बताए। कर्णालीमा नेपाली सेनाले जिम्मा लिएर गरेको कामहरुको अनुगमन, निरिक्षण असार अगाडी जनप्रतिनिधिहरुसहित गर्ने बताए। पश्चिम सुर्खेतको विकासका लागि टेण्डरहरु भई कामहरु सुरु भईसकेकोले केही वर्षहरुमा विकास देखिने समेत पत्रकारहरुले सोधेको प्रश्नमा जवाफ दिए। अर्थतन्त्रलाई उकास्दै बजेट कर्णालीमा विशेष रूपमा ल्याउने गरी दलको नेतृत्वहरु लागिरहेको उपप्रधान तथा रक्षा मन्त्री खड्काले दोहोराएर भने। ‘विकास निर्माण साँझा कुरा हुन्।’ खड्काले भने, जनतालाई दिने विकास साँझा कुरा हो।’

प्रकाशित: ८ वैशाख २०८० ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App