१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौं- पूर्वराष्ट्रपति रामवरण यादव पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। दुई सातादेखि दिसा लाग्ने र पेट दुख्ने भएपछि यादव बिहीबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज भर्ना भएका हुन्।

परीक्षणका लागि अस्पताल पुगेका यादवलाई चिकित्सकले अस्पतालमै बसेर उपचार गराउन सल्लाह दिएको छोरा चन्द्रमोहन यादवले जानकारी दिए। 'उहाँ (बुवा) लाई केही दिनदेखि खाना अपच हुने र पखाला लाग्ने भइरहेको थियो,' उनले भने, 'चिकित्सकले थप परीक्षण अस्पतालमै बसेर गर्न दिएको सल्लाहअनुसार भर्ना हुनुभएको छ।'

अस्पतालको ए ६०१ नम्बर शऒ्ढयामा रहेका उनको स्वास्थ्य अवस्था गम्भीर नरहेको जनाउँदै चन्द्रमोहनले भने, 'आत्तिहाल्नुपर्ने अवस्था नभए पनि लगातार समस्या देखिएपछि अस्पताल बसेर उपचार गर्न लागिएको हो।'

विगतमा पनि लगातार पेट दुख्ने र पखाला हुने भएपछि यादव जापानमा परीक्षणका लागि गएका थिए।  

प्रकाशित: ७ माघ २०७३ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App