६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मध्यवर्ती क्षेत्र र निकुञ्जको सिमा हेरफेर गर्नुपर्छः सांसद बर्तौला

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक तथा सांसद महेश बर्तौलाले मध्यवर्ती क्षेत्र खारेज गर्न माग गरेका छन्।

उनले बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पर्सा निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गरी निकुञ्जको सिमा हेरफेर गर्नुपर्ने माग राखेका हुन्।

सांसद बर्तौलाले भने, ‘मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्छ। यो आवश्यक छैन।’ उनले विशेष संसदीय समिति बनाएर मध्यवर्ती क्षेत्र खारेज गर्ने र निकुञ्जको सिमा हेरफेर गर्नुपर्ने माग राखेका हुन्।

मध्यवर्ती क्षेत्रका कारण स्थानियबासीले विभिन्न किसिमका समस्या झेल्नुपरेको, त्यस क्षेत्रको स्रोतहरु स्थानियबासीले उपयोग गर्न नपाएको र मध्यवर्तीको नाममा ऐलानी जग्गा समेत स्थानिय भोगचलन गर्न नपाएको उल्लेख गरे।  

‘मध्यवर्ती क्षेत्र खारेज गरी निकुञ्जको सिमा हेरफेर गर्नुपर्छ। र, यसलाई वन ऐन अनुसार त्यसको संरक्षणको जिम्मा स्थानिय जनतालाई दिनुपर्छ’, सांसद बर्तौलाले भने।

उनले निकुञ्ज क्षेत्र र बस्ती संगसगै रहेको उल्लेख गर्दै भने, ‘दिर्घकालिन समाधान गर्न बस्ती र निकुञ्जको बीचमा पर्खाल लगाउनुपर्छ।’

सांसद बर्तौलाका अनुसार मकवानपुर निर्वाचन  क्षेत्र २ मनहरी क्षेत्र, हेटौडा नपाका विभिन्न वडाहरुका स्थानियले यो समस्या समाधान गर्न पटकपटक ध्यानाकर्षण गराएको र यसबारे पटकपटक पनि छलफल भएको छ।  

‘घरको आँगन र पिँढी भत्किदा पनि खोलामा गएर बालुवा ल्याएर घरको आँगन टाल्न पाएका छैनन्। स्थानिय विकासका लागि खोलाबाट वालुवा र गिट्टी ल्याउन पनि मध्यवर्तीको अनुमति लिनुपर्छ’, उनले भने।

प्रकाशित: ६ वैशाख २०८० ०८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App