१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चुम उपत्यकाले शान्ति र अहिंसाको सन्देश दिएको छ: प्रधानमन्त्री दाहाल

गोरखाको चुमनुब्री गाउँपालिकामा बुधवारबाट सुरु भएको चुम श्याग्या सताब्दी महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहाल लगायत।

प्रधानमन्त्री पुष्पकमल दाहालले चुम श्याग्या शताब्दी महोत्सवको बुधवार उद्घाटन गरेका छन्। तिब्बतसँग सिमाना जोडिएको गोरखाको चुमनुब्री गाउँपालिका ७ छेकम्पार पुगेर उनले महोत्सवको उद्घाटन गरेका हुन्।

उत्तरी गोरखाको छेकम्पारमा अहिंसा क्षेत्र घोषणा भएको सय वर्ष पुगेको अवसरमा अहिंसा शताब्दी महोत्सव सुरु भएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए। चुमनुब्री गाउँपालिका–७ छेकम्पारको राजेन गुम्बामा ९ गतेसम्म चुम शताब्दी श्याग्या (अहिंसा) महोत्सव संचालन हुने उनले बताए।

महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने ‘तपाईहरुले यो महोत्सव मार्फत सिङ्गो देश र दुनियाँलाई शान्ति र अहिंसाको सन्देश दिनुभएको छ, तपाईहरुको यो मेहनत र तपस्यालाई सरकारको तर्फबाट उच्च सम्मान छ।’ अहिंसा क्षेत्रको रुपमा स्थापित गर्नु आफैँमा ठूलो इतिहास भएको उनले बताए। 

‘यस क्षेत्रको बिकास प्रति संवेदनशिल भएर, प्रतिवद्ध भएर नै प्रधानमन्त्री, उपप्रधान एवं गृहमन्त्री र सांसदहरु यहाँ आएका छौँ’ प्रधानमन्त्री दाहालले भने। चुमनुब्री गाउँपालिका भौगोलिक रुपमा बिकट भएपनि पर्यटकीय र पर्यावरणीय रुपमा संभाबना बोकेको क्षेत्र रहेको उनले बताए। उत्तरी गोरखामा आर्थिक, सामाजिक, पूर्वाधार बिकासकालागि आफू तयार रहेको उनले बताए।

सिर्दिबास हुँदै छेकम्पार जाने सडक निर्माण गर्न स्थानीयले माग गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले योजना आयोगसँगको सल्लाहबाट आगामीबजेटमा अघि बढाउने बताए। तिब्बतससँग जोडिएको सामागाउँको रुईला र छेकम्पारको ङुईला नाका खुलाउने विषयमा सरकारको तर्फबाट प्रक्रिया अघि बढाउने आश्वासन दिए।

सडक सञ्जाल सहज नभएको चुमनुब्रीमा सुत्केरी, गर्भवती, बिरामी, घाईतेहरुको उद्धारकालागि हेलिकप्टर उडाउन निषेधित क्षेत्र भएकाले असहज भएको गुनासो स्थानीयले प्रधानमन्त्री दाहाल समक्ष गुनासो गरेका थिए। जवाफमा दाहालले त्यो विषयबारे अध्ययन गरेर समस्या समाधान गर्ने बताए।

मनास्लु हिमालमा आउने पर्यटक लक्षित पर्यटन पूर्वाधार निर्माणकालागि बजेट बिनियोजन गर्ने, हुन सक्ने जती बिकास निर्माण र आर्थिक क्रियाकलाप बढाउन सरकार प्रतिवद्ध रहेको दाहालले बताए। उत्तरी गोरखाका जनताले दुःख कष्टको सामना गर्नुपरेको स्मरण गर्दै उनले भने ‘सरकार तपाईहरुको साथमा छ।’

नेपाल बृद्धको जन्मभूमि भएकाले विश्वसमा शान्तिको सन्देश दिन, अहिंसा क्षेत्रको चिनारी, निरन्तरता, प्रचार प्रसार र जैविक विविधता संरक्षणमा योगदान पु¥याउने उद्देश्य महोत्सवको रहेको गाउँपालिका अध्यक्ष निमा लामाले बताए।  

उद्घाटनसंगै प्रकृति पूजा, शान्ति दीप प्रज्वलन, अहिंसा क्षेत्र निरन्तरताका लागि प्रधानमन्त्रीले हस्ताक्षरमार्फत प्रतिवद्धता पनि जनाएका छन्। शान्तिको पदयात्रा, धर्म गुरुबाट क्षमापूजा, वुद्धका प्रवचन र साँस्कृतिक कार्यक्रम लगायतका गतिविधी महोत्सव अवधीमा हुनेछ।

त्यहाँका स्थानीयले जनावरको काटमार नगर्ने, शिकार नखेल्ने, मह नकाड्ने, डढेलो नलगाउने, मासु खाने तथा मासु खाने प्रयोजनका लागि बेच्ने उद्देश्यले पशुपालन नगर्ने, सोही उद्देश्यले चुम उपत्यका हुँदै हिडाउन नदिने प्रतिवद्धता जनाएका छन्। त्यस्तै काम दिन नसक्ने गरी बुढो भएको जनावरलाई नमार्ने वा मासु खाने व्यक्तिलाई नबेच्ने र चौंरीको बाच्छा नमार्ने प्रतिवद्धता जनाएका छन्।

चुमभ्याली घुम्न जाने आन्तरिक तथा बाहय पर्यटकहरुले पनि सोहि नियम पालना गर्नुपर्ने हुन्छ। यहाँका सबै होटलहरु शाकाहारी छन्। यस गाउँको प्रहरी चौकीमा बस्ने प्रहरी तथा तल्लो क्षेत्रबाट गएका कर्मचारीले समेत काटमार गर्दैनन्, मांश आहार गर्दैनन्।

१९७७ सालको वुद्धजयन्तीमा अवतारी लामा डुक्पा लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसा सिद्धान्तको पालना गर्ने सामूहिक प्रतिवद्धता गराएका थिए। त्यतिबेलादेखि उत्तरी चुम उपत्यका अहिंसा क्षेत्रको रुपमा निरन्तर कायम छ।

अहिंसा क्षेत्रलाई स्थानीय वासिन्दाले विभिन्न मितिमा पुन अनुमोदन गर्दै आएका छन्। १९७७ पछि १९९६, २०२७, २०२९, २०५५ सालमा पनि स्थानीय बासिन्दाले अहिंसा क्षेत्रलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए। २०६५ सालमा छेकम्पार गाउँ परिषदले अहिंसा क्षेत्रको चार किल्ला घोषणा ग¥यो भने २०६६ सालमा पहिलो चुम श्याग्या (अहिंसा) महोत्सव आयोजना गरिएको थियो। त्यस्तै २०६९ मा चुम्चेत (चुम उपत्यकाको तल्लो क्षेत्र) लाई पनि अहिंसा क्षेत्र घोषणा गरिएको थियो।

प्रकाशित: ६ वैशाख २०८० ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App