१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिपक्षमाथि संक्रमणकालीन न्याय रोक्न खोजेको आरोप

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक रोक्न प्रतिपक्षी दल लागिपरेको आरोप लगाएका छन्। गोरखामा शुक्रबार आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा दाहालले प्रतिपक्षी एमालेप्रति लक्षित गर्दै भने, ‘सिंगो राष्ट्रको जिम्मेवारी हो शान्तिसम्झौता पूरा गर्ने तर अहिले केही शक्ति राजनीतिक कारणले हिजोको सहमतिबाट पछि हटेर शान्सिम्झौताका बाँकी काम रोक्न खोजिरहेका छन्।’

दाहालले राष्ट्रिय सहमतिमा संक्रमणकालीन न्याय सम्पादन होस् भन्ने पक्षमा सरकार रहेको बताए। उनले भने, ‘राष्ट्रिय सहमति बनेन् भने बहुमतबाट भए पनि संक्रमणकालीन ऐन संशोधन विधेयक सदनबाट पारित गरेर अघि बढ्र्नुपर्छ।’

ऐन संशोधन विधेयक पारित गरी शान्ति सम्झौतका बाँकी काम दुई वर्षभित्र टुंग्याउनुपर्छ भन्ने समझदारी सत्ता साझेदार १० दलबीच भएको उनले बताए।

प्रधानमन्त्री दाहालले जनताको समस्या समाधान गर्ने दिशातर्फ सरकार उन्मुख भएको बताए। ‘दुईतीन दिनमा सरकारले पूर्णता पाउँछ, राजनीतिक स्थिरता पनि हुन्छ, त्यसपछि थप काम अघि बढ्छ’, उनले भने।

बैंकको ब्याजदर छिट्टै घट्ने र शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा सरकारले जनअपेक्षाअनुसार काम गर्ने उनले बताए। 

प्रकाशित: २५ चैत्र २०७९ ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App