coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रतिपक्षहरुले संक्रमणकालीन न्याय संम्बन्धी विधेयक रोक्न खोजेका छन्: प्रधानमन्त्री

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालिन न्याय संम्बन्धी विधेयक रोक्न लागि प्रतिपक्षदलहरु लागि परेको बताएका छन्।

शुक्रबार गोरखामा कार्यकर्ता प्रशिक्षणका क्रममा उनले भने ‘सिङ्गो राष्ट्रको जिम्मेवारी हो शान्ति सम्झौता पुरा गर्ने, तर अहिले केही शक्तिहरु राजनीतिक कारणले हिजोको सहमतीबाट पछि हट्ने, यसलाई धकेल्ने, रोक्न खोज्ने गरिरहेका छन्।’

अहिले सदनको मुख्य विषय नै यही रहेको बताउँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमती बनोस् भन्ने चाहेको बताए। ‘यदी राष्ट्रिय सहमती बनेन् भने बहुमतबाट भएपनि पारित गरेर जानुपर्छ’ उनले भने। यो विधेयक पारित गरेर दुई वर्ष भित्र शान्ति प्रक्रियाको सबै काम टुङ्ग्याउनुपर्छ भन्नेमा अहिलेको १० दलिय गठबन्धन भित्र राम्रो समझदारी बनेको उनले बताए।

यो विधेयक पारित भएपछि शहीद परिवार, द्धन्द्धपिडितहरु सबैलाई परिपुरण (राहत) पुग्ने र शान्ति प्रक्रियाको बाँकी कामपनि टुङ्ग्याउने गरी विधेयक बनेको उनले बताए। शान्ति सम्झौता नेपालको अन्तरिम संविधानको अंग भएको बताउँदै उनले शान्ति सम्झौता पुरा गर्ने दायित्व सिङ्गो राष्ट्रको भएको बताए।

अर्को संवैधानीक परिषद संग संम्बन्धी संवैधानीक नियुक्ती गर्न आवस्यक ऐन पनि संसदमा बहसका क्रममा रहेको प्रधानमन्त्री दाहालले बताए।

फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने सरकारको निर्णय र १० वर्षे द्धन्द्धमा ज्यान गुमाएकालाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको काम तल्ला तहसम्म पु¥याउन उनले कार्यकर्तालाई निर्देशन दिए। ‘राष्ट्रिय सहीद घोषणा सहज थिएन’ उनले भने।

सरकारको तीन महिना राजनीतिक अस्थिरताका कारण केही गरेको चमात्कार जस्तो नदेखिएपनि जनताको समस्या हल गर्ने दिशातर्फ उन्मुख भएको उनले बताए। ‘दुई तीन दिनमा सरकारले पूर्णता पाउँछ, राजनीतिक स्थिरता पनि हुन्छ, त्यसपछि थप काम अघि बढ्छ’ उनले भने। बैंकको ब्याजदर पनि छिट्टै घट्ने बताएका दाहालले शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा जनअपेक्षा अनुसार काम गर्ने दोहो¥याए।

सरकार गठन हुँदा एमालेसँगको एकता एमालेका नेतृत्वले नै यो गठबन्धन चल्दैन भन्ने प्रमाणित गरेकाले फेरी अर्को गठबन्धन भएको उनले बताए। केही समयभित्रै जनताले आशा गरेजस्तो काम सरकारले गर्ने उनले आस्वासन दिए।  

प्रकाशित: २४ चैत्र २०७९ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App