४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कार्यव्यवस्था परामर्श समिति सदस्य चयन (नामावलीसहित)

फाइल तस्बिर।

सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुलाई मनोनयन गरेका छन्।

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन गरेका हुन्।

उनले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १३ बमोजिम प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुलाई मनोनयन गरेको जानकारी गराए।

कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधि सभा सदस्यहरु अजयकुमार चौरसिया, अनितादेवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ र नागिना यादव परेका छन्। त्यसैगरी पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा र रुपा सोसी चौधरी पनि समितिमा परेका छन्।

सभामुख घिमिरेले लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईं, हीतराज पाण्डे र ज्ञानबहादुर शाहीलाई पनि कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरेको जानकारी गराए।

प्रकाशित: २३ चैत्र २०७९ १२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App