१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

मधेशका मसिहाले मधेशी जनतालाई ठग्ने काम मात्रै गरे: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशमा धेरै मसिहाहरु रहे पनि उनीहरुले मधेशको विकास भन्दा मधेशी जनतालाई ठग्ने काम मात्रै गरेको आरोप लगाएका छन्।

बारा –२ को बरियापुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले मधेशी जनतालाई ठग्ने मसिहाहरुलाई चुनावमा विजयी बनाउन नहुने बताए।

जसपा अध्यक्ष उपेन्द्र यादवलाई  लक्षित गर्दै नेता ओलीले यादवलाई जिताएर भोकै मर्नु भन्दा कसैलाई जिताएर खाना लाउन पाएर समाज अगाडी बढ्यो भने भएनर प्रश्न समेत गरे।

'यादव ज्यू मोरङ,सुनसरीबाट उखेलिनु भयो। लाटा सोझा जनता छन् भनेर उपेन्द्र बारामा आउनु भयो, उहाँ जितेपछि के गर्नुहुन्छ,यादव ज्यूले जिते पनि समाजको विकास गर्नु सक्नु हुन्न', उनले भने।

बारा २ का जनताले यो सत्य बुझिसकेकाले याहँ एमाले उम्मेदवार पुरुषोत्तम पौडेल नै जित्ने दावी ओलीले गरे।  

एमाले उम्मेदवार पौडेल सोहन चौधरीको उत्तरअधिकारी भएकोले बारा– २ मा पौडेलको जित सुनिश्चित भएको जिकिर ओलीले गरे।

ओलीले भने,‘एमालेको विजय सुनिश्चित भइसकेको देखेको छु। हुन त यहाँ अनेक प्रकारका भ्रमपूर्ण विषाक्त नाराहरू लाग्न सक्छन्, जातीवादी नारा पनि लाग्न सक्छन् तर तपाईंहरू सतर्क रहनुहोला, वर्गीय प्रेम मात्रै सही र साँचो हुन्छ। जात जात भनेर गरिने प्रेम झुटो हुन्छ।

पैसा बाँडेर द्वन्द्वपीडितको समस्या समाधान नहुने ओलीले बताए। ‘सरकारले गर्नुपर्ने कामको लागि ध्यान दिएको छैन, देश र समाजमा सरकारले अपराध बढाउन खोजेको छ,’ उनले भने, ‘सरकारले समस्या समाधान नगरी षड्यन्त्रमा लागेको छ। सरकारको स्थायित्व छैन्।’

सरकारले देशमा भ्रष्टाचार र अपराधिरकण बढाएको आरोप ओलीले लगाए। सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनुपर्ने र सरकार–माओवादी द्वन्द्वपीडितलाई संक्रमणकालीन न्यायअन्तर्गत न्याय दिनु पर्ने बताए।

प्रतिनिधिसभा सदस्यका लागि बारा–२ मा वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी ओली प्रचारको लागि बारा आएका थिए। उक्त निर्वाचन क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष सिके राउत लगायतले चुनावलक्षित गतिविधि बढाएसँगै ओली पनि पहिलोपटक सिमरा विमानस्थल हुँदै यहाँ आइपुगेका हुन्।

प्रकाशित: २२ चैत्र २०७९ १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App