१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन्–सामाजिक संरचना च्यात्ने प्रयास भएको छ

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको इनरुवामा सोेमबार अभिनन्दन गरिँदै। तस्बिर:चुमन बस्नेत/नागरिक

पूर्वराजा ज्ञानेन्द्र शाहले ‘अहिले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर अर्थात् लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको’ टिप्पणी गरेका छन्। सोमबार सुनसरीको इनरुवामा आयोजित अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहले सही राज्यपद्धति, शान्ति एवम् अनुशासनबिना स्थायित्व हुन नसक्ने बताएका छन्। ‘आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपाईंहरू (नागरिक) बाट यसप्रकारको चिन्ता, चासो र चिन्तन प्रस्तुत भएको छ। त्यसमा मेरो गहिरो ध्यान पुगेको छ,’ उनले भने।

शाहले सधैं स्वाधीन रहेको र आफ्नै मौलिक मान्यताभित्र स्वाभिमानपूर्वक आधुनिकतातर्फ लागेको देश सदैव राम्रो र प्यारो लाग्ने प्र्रस्ट्याए। ‘यहाँ राष्ट्रको गौरवगाथा र राष्ट्रप्रतिको अगाध प्रेम प्रकट भएको छ,’ उनले भने। उनले राष्ट्रियता र एकताको रक्षा गर्नुपर्ने पनि बताए। ‘हामीले राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र शान्ति, सुव्यवस्था एवम् सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटोमा लाग्नुपर्छ,’ पूर्वराजा शाहले भने, ‘राष्ट्र नै हाम्रो ब्रह्म हो। आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन्, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहम् धर्म हो।’ उनले व्यक्ति, परिवार, समूह, दल वा गुट–उपगुटमा नअल्झी आफ्नो राष्ट्रिय हितमा लाग्नुपर्ने बताए। उनले देशको अवस्थाप्रति आफ्नो गहिरो ध्यान पुगेको बताउँदै ‘अहिलेको प्रणालीले कुनै परिवर्तन नल्याउने’ दाबी समेत गरे। पूर्वमन्त्री केशरबहादुर विष्टको संयोजकत्वमा सुनसरीको इनरुवामा पुर्वराजा शाहको ‘नागरिक अभिनन्दन’ गरिएको थियो। 

प्रकाशित: २१ चैत्र २०७९ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App