२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेसीको आँखा खुलेको दिन सिके राउतले मधेस र मधेसी देख्न सक्ने छैनन् : पूर्ण बस्नेत जसपा नेता

जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मधेसीको आँखा खुलेको दिन सिके राउतले मधेस र मधेसी देख्न नसक्ने बताएका छन्। उनले आज सामाजिक सञ्जालमा यस्तो कुरा लेखेर सिके रातउत माथि आरोप लगाएका छन।  

मधेस नेपाल हैन नामको देशद्रोही अभियानबाट जनमत पार्टी नामको खरानी तयार पारेका छन्। उनी राजनीतिका नयाँ जोगी हुन्। मधेसीको आँखामा खरानी छर्किदै हिडेका छन्,  बस्नेतले लेखेका छन्।

जजस्को आँखामा सिके राउतले खरानी छर्किए, उनको आँखा खुलिसकेको छैन। जुन दिन मधेसीको आँखा खुल्छ, सिके राउतले मधेस र मधेसी देख्न सक्ने वाला छैनन्, उनले भनेका छन्।

मधेसमा एक घर एक रोजगारको नारा बेचेर आफ्नो लागि राजनीतिको गेरुवा बस्त्र किनेको समेत बस्नेतले आरोप लगाएका छन्।

प्रकाशित: १८ चैत्र २०७९ ०५:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App