१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हत्या राजनीतिक भन्दा पुरानो रिसइवी

साेमबार गाेली हानी हत्या गरिएका दुर्गा तिवारीकाे फाइल तस्बिर।

काठमाडौं–प्रहरीले रुपन्देहीको खैरेनीमा सोमबार भएको दुर्गा तिवारी हत्याकाण्डको प्रारम्भिक अनुसन्धानमा हत्याको कारण राजनीतिक भन्दा ब्यक्तिगत रहेको आशंका गरेको छ। प्रहरी उच्चस्रोतका अनुसार घटना भारतको लखनउ, गोवा,  मुम्बई र पुनामा बस्दै आएका राना भन्ने मनोज पुन बुढा मगर समूहले गराएको प्रहरीले आशंका गरेको हो। पुन र तिवारीबीच  आपसी तनाव हत्याको कारण हुनसक्ने स्रोतले बतायो।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले रुपन्देही घटनाको अनुसन्धानकालागि प्रहरी प्रधान कार्यालयबाट विशेष टोलीलेसमेत अनुसन्धान गरिरहेको बताए। उनले अनुसन्धान विभागको टोली घटनास्थलमा मंगलबार (आज) जाने जानकारी दिए। प्रहरी प्रधान कार्यालयले  अपराध अनुसन्धान विभाग (सीआइबी) को विशेष टोली मंगलबार रुपन्देही पठाउने तय गरेको हो। उनले सोमबार अबेरसम्म घटनासँग सम्बन्धित कसैलाई नियन्त्रणमा नलिएको स्पष्ट पारे।

‘घटनाको गंभिरताका साथ स्थानीय प्रहरी र सर्पोटकालागि प्रधान कार्यालयबाटसमेत अनुसन्धान भइरहेकोछ, हालसम्म घटनामा राजनीतिक कारण देखिएको छैन,’ अर्यालले नागरिकन्युजसँग भने । उनका अनुसार केही समय अघिसमेत मृतक उपर आक्रमण भएको तथ्य केलाउँदै प्रहरी अनुसन्धानमा जुटेको हो ।

बुटवल बजारदेखि केही किलोमिटरको दूरीमा रहेको खैरेनीमा मोटरसाइकलमा सवार दुईजनाले तिवारीलाई गोली हानेर फरार भएका थिए। प्रत्यक्षदर्शीका अनुसार रातो पल्सरमा आएका दुईजनाले तिवारीमाथि पेस्तोलले गोली हानेका थिए। अनुसन्धान गरिरहेको रुपन्देही प्रहरीका अनुसार निलो ट्रयाक सुट लगाएका दुईजना घटनामा संलग्न छन। प्रहरीले तत्काल नाकाबन्दी गरेर चेकजाँच गरेपनि अबेर रातसम्म कोही पक्राउ परेको छैन।

रुपन्देही प्रहरीका अनुसार हत्यामा मनोज पुन समूहको संलग्नताका आधारका रुपमा घटना लगत्तै भारतबाट ब्यवसायीलाई आएका कललाई आधार बनाएर अनुसन्धान भइरहेको छ। मनोज सुरुवातमा युथ फोर्समै रहेको र पछि आचरणका कारण कारवाहीमा परेका थिए। विभिन्न समयमा व्यापारीलाई धम्काउने र असुलीगर्ने मनोजको समूह भदौ अन्तिममा पक्राउ परेपछि उनी भागेर भारतमा बस्दै आएका थिए। केही दिन अघि मृतक तिवारीलाई समेत भारतीय नम्बरबाटै मनोजले फोन गरेर रकम माग गरेको रुपन्देही प्रहरीले जनाएको छ।

प्रकाशित: ५ पुस २०७३ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App