१५ चैत्र २०८० बिहीबार
राजनीति

मन्त्रिपरिषद् बिस्तारपछि रेकर्ड बनाउने गरी काम हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन र समृद्धिका पक्षमा सरकारले कामको सुरुआत गरिसकेको र त्यसलाई अब थप गति दिने विश्वास दिलाएका हुन्।

प्रधानमन्त्रीले भने, 'आज मन्त्रिपरिषद् बिस्तार भएपछि सरकारका कामले गति लिन्छ। यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु। केही ठूला आयोजना र राष्ट्रले गौरव गर्ने निर्णय गर्नेछु।'

सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारी अरूभन्दा इमान्दार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीलाई आग्रह गरे। जनतालाई सुशासनको अनुभूति दिलाउने काम कर्मचारीको भएकाले त्यसलाई इमान्दार भएर कर्तव्यपथमा अगाडि बढ्नसमेत आग्रह गरे।

प्रकाशित: १७ चैत्र २०७९ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App