१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

खानेपानी मन्त्री खानले दिए राजीनामा

जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका छन्। आफूले पाएको मन्त्रालयप्रति असन्तुष्टि जनाइरहेका जनमत पार्टीका खानले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा दिएका हुन्।

जनमत पार्टीले पहिलेदेखि नै उद्योग मन्त्रालय माग गर्दै आएको थियो। तर, जनमतलाई खानेपानी मन्त्रालय दिइएको छ। अहिले विस्तार हुन लागेको मन्त्रिपरिषद्मा आफ्नो मन्त्रालय फेरि खानले उद्योग मन्त्रालय माग गरेका थिए। तर, उक्त मन्त्रालय नपाएपछि असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन्।

खान ११ पुसमा नेकपा एमालेको नेतृत्वमा बनेको ७ दलीय गठबन्धनको सरकारमा मन्त्री बनेका थिए।

प्रकाशित: १७ चैत्र २०७९ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App