१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्थतन्त्र सुधार गर्न सरकारले सकारात्मक हस्तक्षेप गर्छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समस्या समाधान गर्न अर्थतन्त्रमा सरकारले सकारात्मक हस्तक्षेप गर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा भएको २४ औं फ्लोरा एक्स्पो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी अर्थतन्त्र सुधार गर्न सरकारले हस्तक्षेप गर्ने बताएका हुन्।

उनले वर्तमान आवश्यकता र नेपाली जनताको आवश्यकता अनरुप सरकारले सकारात्मक रुपमा अर्थतन्त्रमा हस्तक्षेप गरी अर्थतन्त्रमा सुधार र विकास निमार्णलाई गुणात्मक बनाउन मेहनत आवश्यक रहेको बताए।

उनले भने, ‘वर्तमान आवश्यकता र नेपाली जनताको आवश्यकता अनरुप सरकारले प्रत्यक्ष रुपमा अर्थतन्त्रमा हस्तक्षेप गरी अर्थतन्त्रलाई सुधार गरी विकास निमार्णलाई गुणात्मक बनाउन सरकारले  धेरै मेहनत गर्नुपर्छ। अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ। अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्न सरकारले तत्काल नीतिगत कदम चाल्नुपर्छ भन्ने विषयमा सरकार सहमत छ। सरकारले आज नै मन्त्रीपरिषद्लाई पूर्णता दिएपछि अर्थतन्त्रको विषयमा छलफललाई निश्चित टुङ्गोमा पु¥याउनेछौं। प्राथमिकताको आधारमा नीति र योजना बनाउनेछौं। हामी तत्काल निराश हुनुपर्ने स्थिति छैन। अर्थतन्त्रलाई सरकारले यथास्थितिको निरन्तरतामा राख्ने छै्रनौं। सरकारले सकारात्मक हस्तक्षेप गर्नेछौं। समस्याको समाधान गरी अर्थतन्त्रको गति प्रदान गर्ने दिशातिर जानेछ। सरकारले चुलिदो व्यापार घाटालाई मन्त्रीहरुले जतिसुकै भाषण र प्रश्ताव पारित गरे पनि मुलुकको अर्थतन्त्र। विकासको यात्रालाई सहिदिशातिर लैजान सकिँदैन। यसबाट ठूलो संकट व्यहोर्नुपर्ने छ। भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सहितको सुशासन विकास र समृद्धिको लागि पहिलो शर्त हो। सरकारले पुँजीगत खर्चमा वृद्धि गर्नैपर्ने हुन्छ। व्यापार घाटा कम गर्नको निम्ति उत्पादनमा वृद्धि गर्नुपर्छ। उत्पादन वृद्धिले मात्रै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी व्यापार घाटा कम गर्छ।’

मन्त्री श्रेष्ठले सरकारले चुलिँदो व्यापार घाटालाई मन्त्रीहरुले जतिसुकै भाषण र प्रश्ताव पारित गरेपनि मुलुकको अर्थतन्त्रको यात्रालाई सही दिशातिर  लैजान नसक्ने दाबी गरे। उनले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सहितको सुशासन विकास र समृद्धिको लागि पहिलो शर्त भएको बताए। उनले सरकारले पुँजीगत खर्चमा वृद्धि गर्न आवश्यकता रहेको बताए। उनले व्यापार घाटा कम गर्नको निम्ति उत्पादनमा वृद्धि गरे मात्रै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी व्यापार घाटा कम गर्न सकिने बताए।

प्रकाशित: १७ चैत्र २०७९ ०९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App