१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रस्ताव फिर्ता लिन मालेको पुनः आग्रह

काठमाडौँ–  नेकपा मालेले सत्तारुढ दलद्वारा व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराइएको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई फिर्ता लिन पुनः आग्रह गरेको छ ।

सो प्रस्तावले सिङ्गो देश आन्दोलित भएको भन्दै सो पार्टीले ५ नं प्रदेश टुक्र्याउने प्रस्तावलाई फिर्ता लिनसमेत आग्रह गरेको महासचिव सिपी मैनालीद्वारा आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

“संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिई जनताको भावना सम्बोधन गर्न र दलीय सहमति निर्माण गर्दै स्थानीय निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गर्दछ” – विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सो पार्टीले ५ नं प्रदेश नटुक्र्याउन माग गर्दै स्थानीयवासीद्वारा जारी आन्दोलनमा प्रहरी ज्यादति नगर्न पनि सरकारसित मागसमेत गरेको छ ।

मधेसवादी दलका माग सम्बोधन गर्न सरकारले व्यवस्थापिका–संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माले) लगायतका दलले सो प्रस्ताव फिर्ता लिन सरकारसित माग गर्दै आएका छन्। रासस

प्रकाशित: २ पुस २०७३ १२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App