१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पुरानै संरचनामा स्थानीय निर्वाचन गर्ने भन्ने सहमति छैन: प्रधानमन्त्री दाहाल

चितवन–प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुरानै संरचना अनुसार स्थानीय निर्वाचन गर्ने भनेर कसैसँग सहमति नभएको बताएका छन्। स्थानीय निकायको चुनाव नयाँ संरचना अनुसार हुनु पर्छ भन्ने सरकारको धारणा रहेको उनले बताए। प्रेस सेन्टर नेपाल चितवन शाखाले शनिबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले सो भनाइ राखेका हुन्।

‘स्थानीय निकायको चुनावका सन्दर्भमा हामी तीन शीर्षस्थ नेताहरुबीच छलफल भएको हो। काँग्रेस सभापति देउवाजीले पुरानै संरचनामा भए पनि चुनाव गराउँ भन्नु भयो। एमाले अध्यक्ष ओली जीले नयाँ संरचनामा गर्न समय पुग्दैन भने पुरानैमा भए पनि गर्दा हुन्छ भन्नु भएकोसम्म हो। तर के कसरी गर्ने भनेर हामीबीच सहमति केही भएको छैन’, प्रधानमन्त्री दाहालले भने।

संविधान संसोधन प्रस्ताव फिर्ता लिने सरकारको कुनै योजना नरहेको पनि उनले दोहर्याए। ‘प्रस्ताव अब कार्यसुचिमै जान्छ। संविधान संहोधन निर्वाचनका लागि हो। राष्ट्रको एकता, संविधान कार्यन्वय र चुनावप्रति जो जो प्रतिवद्ध छन् उनीहरु सवै संविधान संहोधनको पक्षमा आउने छन्’, प्रधानमन्त्री दाहालले भने। नेपाल आदिवासी जनजाति महासंघको नवौं केन्द्रीय महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री दाहाल चितवन आएका हुन्।

प्रकाशित: २ पुस २०७३ ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App