१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा एस बैठक: मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाउने निर्णय गरेको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले मिटरब्याजीविरुद्धको आन्दोलनले उठाएको माग अविलम्ब पूरा गर्न र उक्त अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा सहभागिताको सम्बन्धमा गठित कार्यदलले सम्पूर्ण कार्य सम्पन्न गरेपछि अन्तिम प्रस्ताव सचिवालयको बैठकमा पेश गर्ने निर्णय गरिएको जानकारी दिए।

उनका अनुसार नयाँ कार्यविभाजन र जिम्मेवारीको प्रस्ताव तयार गरी अर्को बैठकमा पेश गर्न केन्द्रीय सङ्गठन विभाग र केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरिएको छ।

पार्टी उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चूडामणि जङ्गलीले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको बैठकले उपाध्यक्ष प्रमेशकुमार हमालको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्रकाशित: १४ चैत्र २०७९ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App