८ वैशाख २०८१ शनिबार
राजनीति

गोरखा आएर राष्ट्रपतिले भने: ‘सवारी शब्द प्रयोग नगरौँ’

राष्ट्रपति रामचन्द्र पौडेलले सवारी शब्द प्रयोग नगर्न अनुरोध गरेका छन्।  

‘भ्रमणको सन्र्दभमा सवारी सब्द प्रयोग नगरौँ’ गोरखकाली र गोखानथको पुर्जाअर्चनापछि आईतवार गोरखा संग्रहालयमा सर्वसाधारणसँगको भेटघाटमा उनले भने।

राष्ट्रपतिको निर्वाचनका बेला आफुले राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा के फरक हुन्छ भन्ने कुराको हेक्का राख्छु भनेको स्मरण गर्दै उनले भने ‘सवारी शब्दले ‘रुड’ मिनिङ दिन्छ, यो अरबिक शब्दपनि हो, बरु आवागमन भन्दापनि हुन्छ, कुनै नेपाली ठेट शब्द प्रयोग गर्दा हुन्छ।’  

‘सवारी’ शब्द समान्तबादको प्रतिकको रुपमा लिएको हुनाले नयाँ रुपमा प्रस्तुत गर्न उनले अनुरोध गरे। गोरखा आएर देशबासीलाई एउटा कुरा र शब्दको बारेमा आफ्नो भनाई सुनाउन चाहेको बताउँदै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।  

नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएपछि उपत्यका बाहिरको पहिलो भ्रमण धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गोरखामा गर्न पाउँदा आफु हर्षित भएको राष्ट्रपति पौडेलले बताए।  

‘२०७२ शालको बिनासकारी भुकम्पले भत्काएको गोरखा दरबार लगायतको संरचना पुन निर्माण भएको देख्न पाउँदा खुसी छु’ उनले भने । गोरखकाली, भगवती, गोखनाथको दर्शन, पुजाअर्चना  साथै ठुलो आँगन र गोरखा संग्रहालयमा रहेको पृथ्वीनारायण शाहाको शालिकमा राष्ट्रपतिले माल्र्यापण गरेका थिए।  

ईतिहास बचाएर राखेको प्रति गोरखालीलाई धन्यबाद दिँदै उनले भने ‘मेरो आस्था राष्ट्रियता र प्रजातन्त्र हो, यसको संरक्षण र सम्र्वद्धन गर्ने जिम्मेवारी र कर्तब्य सम्झेको छु।’  

गोरखा आएर राम शाहको न्यायको कुरा सम्झिरहेको बताउँदै उनले बिसे नगर्चीको कर्तब्य पनि सम्झिएको बताए। गोरखा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण जिल्ला भएको बताउँदै उनले मनास्लु पदमार्ग, पालुङटार हवाई मैदान यहाँको आर्थिक बिकासको महत्वपूर्ण आधार हुन सक्ने बताए।  

पालुङटार, च्याङ्लीटार, क्यामुन्टार जस्ता कृषियोग्य भुमिले कृषि क्षेत्रको संभाब्यतालाई पनि उजागर गरेको राष्ट्रपति पौडेलले बताए। नेपाली सेनाको हेलिकप्टरबाट गोरखा आएका उनले यहाँ करिब तीन घण्टा समय बिताएका थिए। राष्ट्रपतिको गोरखा भ्रमणमा उनकी श्रीमती र गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाई लगायत सहभागि थिए।

प्रकाशित: १२ चैत्र २०७९ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App