१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

‘नेपाली कांग्रेसको सहयात्रा जनजनका लागि पदयात्रा’ अभियान सुरु

नेपाली कांग्रेसले संगठन सुद्धिढिकरणका लागि मधेश प्रदेशमा ‘नेपाली कांग्रेसको सहयात्रा जनजनका लागि पदयात्रा’ अभियान सुरु गरेको छ।  

शनिवार महोत्तरीबाट महोत्तरीका कांग्रेस सभापति नागेश्वर यादवको नेतृत्वमा अभियान सुरु गरेको हो।  

सभापति यादवको नेतृत्वमा ५० जना नेताहरुले जिल्लाको १५ वटै स्थानीय तहको १३२ वटै टोलमा पुग्ने योजना सहित खयरमाराबाट पदयात्रा सुरु गरेका हुन।   संगठन सुद्धिढिकरणका लागि शनिवार देखि सुरु गरेको पदयात्रा अभियान १५ दिनसम्म चल्ने सभापति यादवले जानकारी दिए। खरमाराबाट पदयात्रामा निस्केकाहरुलाई पार्टीका नेता कार्यकर्ताहरुले फुलमाला लगाएर विदाइ गरेका छन्।  

पार्टीका नेता कार्यकर्तामा उर्जा बढाउन, समन्वय–सहकार्य गरी नेता कार्यकर्ता तथा जनताबीच आत्मियता बढाउने उदेश्यले पदयात्रा सुरु गरेको कांग्रेस नेता बजरंग नेपालीले बताए।  महोत्तरीको १५ वटै स्थानीय तहमा पुग्ने गरी चैत्त ११ गते देखि सुरु भएको पद यात्रा २५ गते जलेश्वर पुगेर टुंगिने छ, नेता नेपालीले भने ‘पद यात्रामा सहभागी नेताहरुले आफ्नो वडामासँगै यात्रा गर्ने छन्। 

मधेशमा बढ्दै गएको गर्मीलाई मध्यनजर गर्दै जिल्ला तहको पदयात्रापछि निर्वाचन क्षेत्र,प्रदेश निर्वाचन क्षेत्र,स्थानीय तह र वडा तहसम्मका छुट्टाछुट्टै पदयात्रा गरी महोत्तरीमा कांग्रेसको संगठनलाई सकृय बनाउने योजना रहेको छ।’

पदयात्रामा सहभागी भएका नेता कार्यकर्तालाई शुभकामना दिंदै कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले महोत्तरीको अभियानले राजनीतिमा बढेको वैमनश्य हटाएर कांग्रेसले नै मुलुक बनाउने सन्देश दिएको छ, सहमहामन्त्री यादवले भने‘ पहाडको खैरमारा देखि मधेशको जलेश्वरसम्म पैदल यात्राको क्रममा सँगै बस्ने खाने र सँगैरात विताउँदा आपसी सदभाव बढाउने छ। फरक फरक ठाउँमा नेताहरुको १५ दिनसम्म सँगै बसाइले पार्टी भित्रको द्धन्द्धसमेत अन्तय हुनेछ। यात्राले एकले अर्कालाई नजिकबाट बुझने र पार्टीको गतिविधि बढाउन सहयोग पुग्ने छ।’

महोत्तरीबाट सुरु भएको पद यात्रा मधेश प्रदेशको आठ वटै जिल्लामा सुरु गरी कांग्रेसको गाँउ तहको संगठन सक्रिय बनाउने यादवले बताए। महोत्तरीको पदयात्रापछि सप्तरीको कोशिदेखि पर्साको ठोरीसम्मको पदयात्रा तयारी गरिने यादवले बताए।

पदयात्रा आरम्भ कार्यक्रममा मधेश प्रदेशका सांसदहरु शेषनारायण यादव, संजय महतो,कुम्मरकान्त झा,लोहरपट्टीका मेयर शैलेन्द्र यादव, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो लगायत धनुषा महोत्तरीका नेता तथा कार्यकर्ताको सहभागी थिए।

प्रकाशित: १२ चैत्र २०७९ ०४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App