६ वैशाख २०८१ बिहीबार
राजनीति

प्युठानमा नयाँ आन्दोलनका कार्यक्रम घोषणा

प्युठान– संविधान संशोधनमार्फत सीमांकन हेरफेर गर्न गरिएको प्रस्तावको विरोधमा आन्दोलित जिल्लावासीले थप संघर्षका कार्यक्रम तय गरेका छन्। संघर्ष समिति गठन गरेर अखण्ड पाँच नं. प्रदेशको माग गर्दै आएका जिल्लावासीले नयाँ कार्यक्रमको घोषणा गरेका हुन्। प्रमुख प्रतिपक्षी नेकपा एमाले सहित सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससहित राजनीतिक दलले अगुवाई गरेको संघर्षका कार्यक्रम अन्तरगत नयाँ कार्यक्रम घोषणा गरिएको हो।

 जसअनुसार आइतबार २ देखि ३ बजे एक घण्टा चक्काजाम गर्ने, सोमबार जिल्ला प्रशासन कार्यालय घेराऊ गर्ने, मंगलबार लाल्टिन जुलुस र बिजुबार जुम्री बजारमा प्रदर्शन गर्ने, बुधवार प्युठान र रोल्पा जिल्लाको संयुक्त बैठक भिंगृमा बस्ने, ३० गते १२ वटै जिल्लाका हरेक ठाउँमा मसाल जुलुस र पुस १, २ र ३ गतेदेखि आम हडताल गर्ने कार्यक्रम छ। विदेशीको हस्तक्षेपको डटेर सामना गर्ने राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका छन्। शनिवार बिजुवारमा सम्पन्न संयुक्त संघर्ष समितिको बैठकले थप संघर्षका कार्यक्रम तय गर्ने निर्णय गरेको हो।
 

प्रकाशित: २५ मंसिर २०७३ ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App