६ वैशाख २०८१ बिहीबार
राजनीति

सरकारलाई पूर्णतादिन छलफल सुरु भईसक्यो, प्रदेश सरकार पुर्नगठन हुन्छ: प्रधानमन्त्री दाहाल

गोरखामा संवोधनगर्दै प्रधानमन्त्री दाहाल ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने विषयमा आज बिहानदेखि छलफल सुरु भएको बताएका छन्।  

गोरखा २ को पन्थडिही कटहरे हर्मी साहिलटार सडक आयोजनाको शिलान्यास गर्दै उनले भने ‘हिजोबाट एउटा राजनीतिक बातावरण बनेको छ, लय प्रक्रिएको छ, सरकारलाई पूर्णदिने प्रक्रियामा छौँ।’

केही राजनीतिक घुम्ती पार गरेर सोमवार मात्रै नयाँ राजनीतिक समिकरण बनेको बताउँदै उनले नेपाली कांग्रेस सहितका विश्वासको मत दिएका दलहरुसँग सरकारलाई पूर्णतादिने विषयमा छलफल सुरु भईसकेको बताए।

‘प्रदेश सरकार पुर्नगठन गर्ने, प्रदेशमा आलोपालो प्रणालीमा सरकारलाई पूर्णतादिने र त्यसबाट पनि थप बिकास निर्माणको काम अघि बढाउने योजनामा छौँ’ प्रधानमन्त्री दाहालले भने। संघ, प्रदेश र स्थानीय सरकार बिच बिकास निर्माण र समन्वयका लागि बृहत्तर बैठकको आयोजना गर्ने तयारीमा आफु रहेको उनले बताए।  

अबको जिम्मेवारी देशलाई शुसासन, सामाजिक न्याय, समृद्धीको नयाँ अभियानतिर लैजाने रहेको र त्यसको नेतृत्व गर्ने अवसर आफुलाई प्राप्तभएको दाहालले बताए । ‘छिटो भन्दा छिटो सेवादिएर जनताको विश्वास जित्ने शंकल्प लिएका छौँ’ उनले भने।  

विश्वासको मतपाएको भोलीपल्टै गोरखा आएर सडक शिलान्यसा गर्ने अवसर मिलेको भन्दै उनले खुसी ब्यक्त गरे।

प्रकाशित: ७ चैत्र २०७९ ०७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App