नेपाली कांग्रेसको कार्य सम्पादन समिति र संसदीय दलको बैठक आज बस्दैछ।
केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बिहान साढे १० बजे र संसदीय दलको बैठक आज मध्यान्ह १२ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्ने नेपाली कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्रीको विश्वासको मत र प्रतिनिधि सभाको बैठकबारे छलफलहुनेछ।
प्रकाशित: ५ चैत्र २०७९ ०९:०४ आइतबार