१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान संशोधन प्रस्ताव विरुद्ध जुम्लामा अान्दाेलन

संविधान संशोधन प्रस्तावको विरोधमा जुम्लामा निस्किएको रयाली। तस्बिरः डिबी बुढा

जुम्ला– सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विरोधमा जुम्लामा प्रदर्शन गरिएको छ। नेपाल मजदुर किसान पार्टी जुम्लाले संशोधन प्रस्ताव जनताको चाहनाविपरीत भएको भन्दै आन्दोलन थालेको हो। नेपालको राष्ट्रियता र सार्वभौकितालाई धरापमा पार्न संसदमा संशोधन प्रस्ताव दर्ता गरेको भन्दै आन्दोलनस्वरुप प्रदर्शनमा उत्रिएको हो।  

सरकारले १४ गते संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन प्रस्तावले मुलुक फेरी मुठभेठको अवस्थामा धकेलेको आरोप स्थानीय नेताहरुको छ। नेमकिपा जुम्लाको कार्यालयबाट निस्केको र्याली बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी आएर कोण सभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै नेमकिपा केन्द्रीय सदस्य जयबहादुर शाहीले सरकारले संसदमा पेश गरेको प्रस्ताव राष्ट्रघाती र जनविरोधी भएको बताए।

‘अहिलेको सरकार मनपरी चलेको छ,’ उनले भने, ‘यसका विरुद्ध आन्दोलन अहिलेको आवश्यकता हो।’
मधेसी दलको मागलाई संवोधन गर्ने नाममा हिमाली र पहाडी जनताको अधिकार खोसेको आरोप उनको छ ।  
नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डागीले मुलुकको अस्मिता र सार्वभौकिता माथि आँच आउने खाले सरकारी रवैयाको कडा आलोचना गरे। उनले भने सरकार नेपाली जनता र नपाली जनताको आवश्यकता प्रति उत्तरदायी छैन। यो सरकार जनविरोधी सरकार भएको टिप्पणी छ।

नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सदस्य महेश नेपालीले सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएर छिमेकी भारतालाई खुसी बनाएको बताए।

‘संविधान संशोधन गरेर मधेशी दलका माग पूरा गराउने बहानामा सरकारले भारतको मागलाई सरकारले पूरा गर्यो,’ उनले भने।

संविधान संशोधन प्रस्तावको विरुद्धमा चरणवद्ध आन्दोलनको घोषणा गरेर अघि बढ्ने नेमकिपाले जनाएको छ।
 

प्रकाशित: १५ मंसिर २०७३ ०९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App