१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक समितिमा पठाएर छलफल हुनुपर्छः प्रमुख सचेतक गिरी

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताएका छन।  

शनिवार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेकाृ  छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचेतक गिरीले यस्तो कुरा बताएका हुन । प्रमुख सचेतक गिरीले संसदमा पेस भइसकेपछि संसदमा विभिन्न ढंगले विधेयकमा छलफल हुने र संशोधन हुने बताए । उनले यसलाई टुंगोमा पु¥याउन भने संसदीय समितिमा नै छलफल गर्नुपर्ने आवश्यक्ता औंल्याए ।विधेयकमा अन्तर्राष्ट्रिय समुदायले नियालीरहेको भन्दै उनले संसदबाट हतारका साथ पारित गरेर जानु नहुने बताए ।  

प्रमुख सचेतक गिरीले आईतवार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली पेस गर्ने सहमति भएको बताए । उनले बैठकमा नेकपा एमालेले प्रमुख प्रतिपक्षको रुपमा आफूहरुको सिट व्यवस्थापन हुनुपर्ने माग गरेको बताए । उनले सो विषयमा आईतवार साढे १० बजे काँग्रेसले बैठक बसेर यस बारेमा आफ्नो धारणा राख्ने काँग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा बताएको जानकारी दिए । 

नेकपा एमालेका प्रमुख सचेतक गिरीले प्रतिनिधि सभा नियमावली अहिलेसम्म संसदमा पेस हुन नसक्दा संसदीय समितिहरु र अन्य काम कारबाहीहरु अघि बढ्न नसकेको बारेमा पनि बैठकमा छलफल भएको बताए । उनले संसदीय गतिविधिलाई मध्यनजर गरी आईतवारको संसद बैठकमा प्रतिनिधि सभा नियमावली पेस गर्ने सहमति भएको बताए। प्रमुख सचेतक गिरीले प्रतिनिधि सभा नियमावली पारित नहुँदा महत्वपूर्ण विधेयकहरु अड्किएकाले यसलाई चाँडो भन्दा चाँडो अघि बढाउनुपर्ने बताए।  

प्रकाशित: ४ चैत्र २०७९ १३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App