सन्तोष सिंह
सर्लाही- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान जारी गर्ने दलहरु संविधान कार्यान्वयमा नलागे मुलुकको समस्या समाधान नहुने बताएका छन्। 'संविधान जारी गर्ने साथीहरु कार्यान्वयमा लाग्नै पर्छ, पोखरेलले भने,‘ साथीहरु कार्यान्वयनमा लाग्नु नै सकारात्मक समाधान हो।’
सर्लाहीको हरिवनमा सम्पन्न एमाले २ नम्वर प्रदेश संगठन कमिटीको बैठक पछि बोल्दै पोखरेलले मधेसमा कमजोर भएको संगठनलाई सक्रिय बनाएर संविधान रक्षाका लागि ५ बुंदे निर्णय र १० प्रस्ताव पारित गर्दै प्रदेश नम्बर २ को प्रथम बैठक सम्पन्न भएको बताए।
बैठकले प्रदेश नम्बर २ को सम्पर्क कार्यालय जनकपुर खोल्ने, सिरहाको लहानमा पुष १ र २ गते प्रदेश स्तरीय प्रशिक्षण आयोजना गर्ने, चैत्र १२ गते जनकपुरमा सभा गर्ने, प्रदेश नम्बर २ को आर्थिक समृद्धिको लागि विज्ञ समुहको गठन गरी गुरु योजना बनाउने सहितका निर्णय गरेको हो।
प्रकाशित: १४ मंसिर २०७३ ०९:३२ मंगलबार