१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मुलपानी सडक अनुगमन गर्न गएका मन्त्री श्रेष्ठका अगाडि स्थानीयहरुबीच चर्काचर्की

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई अगाडि राखेर स्थानीय जग्गा धनीहरुबीच विवाद भएको छ।

शुक्रबार मन्त्री श्रेष्ठ मुलपानी सडक अनुगमनका क्रममा स्थानीय जग्गा धनीहरुबीच सडक मिचेर घर बनाइ सरकारसँग मुआब्जा लिएको भन्दै चर्काचर्की भएको हो।

उनीहरुले सडकमा परेको घर मुआब्जा नदिई भत्काउन अदालतले आदेश नदिएकाले आफ्नो सम्पती नछोड्ने भन्दै मन्त्रीलाई गुनासो गरेका थिए। तर अर्का स्थानीयले सडक छेउको जग्गा बाटो छोडेर बेचेको सुनाए। उनले घरधनीले दु:ख गरेर कमाएको सम्पती सरकारलाई सित्तैमा दिन नसकिने बताए।

उनले मन्त्रीलाई जग्गाको मुआब्जा नदिए सडक नबनाउन अदालतको आदेश रहेकाले सरकारसँग मुआब्जा दिनुपर्ने बताए। त्यत्ति नै बेला मन्त्री श्रेष्ठले सरकारले अदालतको आदेश पालना गर्ने भन्दै सडकमा परेका जग्गा धनीले एक पटक मुआब्जा आएर पनि पुन: माग गरेकोप्रति जवाफ मागेका थिए। जग्गा धनीले मन्त्रीलाई अहिलेसम्म मुआब्जा नपाएको सुनाए।

उनले सडकमा जग्गा पर्ने अरु सबैको आफूले जिम्मा लिन नसक्ने भन्दै अरुको विषय बोल्न उचित नरहेको बताए। विवाद चर्किएपछि मन्त्रीले अदालतको फैसलाबारे आफू जानकार रहेकाले अदालतको फैसलाअनुसार नै सडक निर्माण अघि बढ्ने बताए।

स्थानीयहरुले मन्त्रीको अनुगमनका क्रममा मन्त्रीलाई नै एकअर्काका पोल खोलेका थिए।  

प्रकाशित: ३ चैत्र २०७९ ११:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App