६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

अहिलेसम्म थिएन राष्ट्रपति कार्यालयको ट्वीटर ह्यान्डल

शुक्रबार केही मिडियामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्यान्डललाई फिर्ता नगरेको समाचार प्रकाशित गरे। पूर्व राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्यान्डल नीजि बनाएको भनेर आलोचना पनि भइरहेका छन्।  

तर हामीले यसबारे राष्ट्रपति कार्यालयमा बुझ्दा भने तथ्य अर्कै पाएका छौं। राष्ट्रपति कार्यालय स्रोतले अहिलेसम्म राष्ट्रपति कार्यालयले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डल नबनाएको जानकारी दिएका छन्।

स्रोतका अनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लगेको ट्वीटर ह्यान्डल उनको आफ्नै हो। उनी राष्ट्रपति हुँदा बनाइएको उक्त ह्यान्डललाई नै राष्ट्रपति कार्यालयले प्रयोग गर्दै आएको थियो। राष्ट्रपतिको रुपमा दुई कार्यकाल सकाएर भर्खरै शितल निवास छाडेकी उनले प्रयोग गर्दै आएको @BidyaDBhandari ट्वीटर ह्यान्डल पनि सँगै लगेकी हुन्। नयाँ राष्ट्रपति रामचन्द्र पौडेलले पनि आफ्नै ट्वीटर ह्यान्डल @RcPaudelNepal चलाउँदै आएका छन्।  

राष्ट्रपति कार्यालयको आइटी टिमले अब भने राष्ट्रपतिले चलाउने आधिकारिक ट्वीटर ह्यान्डल बनाएर त्यसलाई हरेक कार्यकाल सकिँदा अर्को नयाँ राष्ट्रपतिलाई हस्तान्तरण गर्ने गरी गृहकार्य गरिरहेको स्रोतले जानकारी दियो।  

राष्टपति कार्यालयको वेभसाइटहरु स्तरीय र अपडेटेड नभएको स्रोतको दाबी छ। 'अहिलेसम्म बनेका वेभसाइटहरु स्तरीय र अपडेटेड थिएनन्। अब त्यसलाई पनि व्यवस्थित र प्रभावकारी बनाउने तयारीमा छौं', स्रोतले भन्यो,'राष्ट्रपति कार्यालयमा सामाजिक संजाल व्यवस्थित र चुस्त बनाउने काम पनि विगतमा नभएको पाइयो। यसलाई सुधार गरेर अघि बढ्ने तयारी राष्ट्रपति कार्यालयको आइटी टिमले गरेको छ।'

प्रकाशित: ३ चैत्र २०७९ ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App