१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तयारी अवस्थामा रहन सेनापतिको निर्देशन

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हालको परिस्थती अनुसार जुनसुकै अवस्था आउनसक्ने भन्दै सम्पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। क्षेत्रीले उपत्यका सहित ६ वटै पृतना र विभागीय प्रमुखलाई जस्तो सुकै चुनौतीको सामना गर्न सक्ने गरी अपरेशनल, तालिम तथा बन्दोबस्ती पक्षमा चौबिसै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

सेनाको पृतनापति समन्वयात्मक बैठकको समापनमा निर्देशन दिँदै क्षत्रीले नियमित संस्थागत जिम्मेवारी तथा कार्यहरुको बाहेक अपरेशनल रेडिनेस तथा सांगठनिक सुदृढिकरणका क्षेत्रहरुमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिएका हुन् । सेनाको इन्टिलिजेन्ससहित पृतनापतिले गरेको प्रस्तुतिकरणपछि क्षत्रीले यस्तो निर्देशन दिएका हुन् । सेनाका पाँच क्षेत्रमा रहेका पृतनापतिलाई मंगलबार बैठकमा डाकेको हो ।

सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले सेनाले वर्तमान अवस्थाको मूल्यांकन र समीक्षा तथा भविष्यमा आइपर्ने अवस्थाको मुल्यांकन अनुसार प्रधानसेनापतिको निर्देशन आएको बताए । उनका अनुसार समन्वयात्मक बैठकमा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु तथा सुझावहरुको सम्बन्धमा प्रस्तुति दिएका थिए।

‘बैठकमा समसामयीक वस्तुस्थितिको पुनरावलोकन तथा मूल्यांकनसमेत भयो, सोही अनुसार निर्देशन भएको छ,’ कार्कीले भने । उनका अनुसार नियमित आयोजना हुने बैठकमा देशको समग्र वस्तुस्थितिको मूल्यांकन हुँदै आएको छ ।

बैठकमा सहभागी एक सहायक रथीका अनुसार वर्तमान राजनीतिक अवस्था, संविधान कार्यन्वयन, सीमाकंन तथा राष्ट्रिय ,क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रभावको मूल्यांकन र आँकलनको नमुना बैठकमा प्रस्तुत भएको थियो। सेनाको गुप्तचर विभाग (डिएमआई) को गोप्य प्रतिवेदनले अवस्था सोचेजस्तो हुन नसक्ने देखिएपछि आईपर्ने जिम्मेवारीका बिषयमा बैठकमा छलफल भएको हो।

बैठकको मंगलबार  रक्षामन्त्री बालकृष्ण खाँडले उद्घाटन गरेका थिए। रक्षामन्त्री खाँडले नेपाली सेनाको आधुनिकीकरण र सुदृढीकरणमा  नेपाल सरकार प्रतिवद्ध रहेको बताएका थिए।  

 

प्रकाशित: ८ मंसिर २०७३ १४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App