८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

भ्रष्टाचार विरुद्धमा सार्कस्तरीय सञ्जालमा खतिवडा

भ्रष्टाचार विरुद्धमा सांसदहरुको अन्तराष्ट्रिय सञ्जालको सार्क स्तरीय संगठनको संयोजकमा नेपालबाट जगन्नाथ खतिवडा निर्वाचित भएका छन्।

पूर्वसांसद, नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख खतिवडा सार्कस्तरीय संगठनको संयोजकमा निर्वाचित भएका हुन्।

भ्रष्टाचार विरुद्धमा सांसदहरुको अन्तराष्ट्रिय सञ्जालको ग्लोबल अर्गनाइजेसन अफ पार्लियामेन्टको मार्च ८ र ९ मा बङलादेशमा भएको सार्क स्तरका बहालवाला र पूर्व संसद्हरूको भेलाले  पूर्व सांसद खतिवडाको नेतृत्वमा समिति गठन भएको छ।

समितिको उपसंयोजकमा बङ्गलादेशका जाबिर उद्दिन र श्रीलन्काबाट सचिवमा कबिन्द जयबर्धने लाई चयन गरिएको छ। त्यसमा अन्य देशका सदस्यहरु रहेका छन्। यो कमिटीले आगामी छ महिनाभित्रमा  दक्षीण एसियाका सबै देशका सांसदहरुको प्रतिनिधित्व गराइ  दक्षीण एसिया स्तरको संगठन निर्माण गर्ने निर्णय गरेको छ।

प्रकाशित: ३० फाल्गुन २०७९ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App