१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘मधेशबाट पहाड छुट्याउनै पर्छ’ भन्ने माग मोर्चाको होइनः कर्ण

काठमाडौं– मधेशी मोर्चाका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले ‘मधेसबाट पहाड छुट्याउनै पर्छ’ भन्ने माग आफूहरुको नभएको बताएका छन्।

सरकारले संविधान संशोधन प्रस्ताव नै नल्याइकन मोर्चाले अवरोध झिक्यो भन्ने गलत भएको उनले बताए। मंगलबार रिपोर्टर्स क्लबमा उनले यस्तो बताएका हुन्।

कांग्रेस र माओवादी केन्द्रसँग मोर्चाले तीन बुँदे सम्झौता गरेकोले उनीहरुसँगै मोर्चाको माग रहेको भन्दै उनले एमालेसँग आफूहरुको कुनै सरोकार नभएको बताए।

उनले संघीयता सजिलै नआएको उल्लेख गर्दै भने, ‘संघीयता त्यतिकै आएको होइन, ५२ जना मधेशीको सहादतबाट संघीयता आएको छ।’

उनले मोर्चा सम्मिलित संघीय गठबन्धनले सरकारलाई संशोधन प्रस्ताव ल्याउनको लागि १५ दिनको अल्टिमेटम समेत दिएकोले अब पनि प्रस्ताव ल्याउन ढिलाइ गरे बाध्य भएर आन्दोलनमा उत्रिने बताए।  

उनले चुनाव गर्छु भनेर तीन ठूला दलहरुले हल्ला मात्रै गरेको पनि आरोप लगाए। कर्णले अघि थपे, ‘चुनाव गर्छु भनेर काँग्रेस, एमाले र माओवादीले हल्लामात्रै गरेका हुन्, चुनाव गराएर देखाए भैगयो नि?’

प्रकाशित: ७ मंसिर २०७३ १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App