१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

भोट माग्दै रामसहायले भेटे प्रधानमन्त्री दाहाल

जसपाका उपराष्ट्रपति पदका दुई उम्मेदवार मध्येका एक रामसहायप्रसाद यादवले आफ्नो लागि मत माग्दै शिर्षस्थ नेताहरुसँगको भेटघाट तिव्र बनाएका छन्।  

जसपाका संसदीय दलका नेता समेत रहेका यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।

उनले प्रधानमन्त्रीसँग सिंहदबारमा भेटेर भोट मागेका थिए।

त्यसअघि उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका छन्।

आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि चार जनाको उम्मेदवारी परेको छ। एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादव रहेका छन् भने जनमतबाट ममता झाले उम्मेदवारी दिएका छन्।

प्रकाशित: २९ फाल्गुन २०७९ ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App