४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

दाहालविरुद्धको मुद्धामा प्रारम्भिक बहस सकियो, आजै आदेश दिने तयारी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध परेको रिटमा प्रारम्भिक बहस सकिएको छ।  

शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा बहस भएको थियो। रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा. सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल, ध्रुवलाल श्रेष्ठले बहस गरेका थिए।  

बहसका क्रममा उनीहरूले दाहाल आँफैले पाँच हजार हत्याको जिम्मा लिने भनेर बोलिसकेकाले उनलाई पक्राउ गरी अनुसन्धान गर्न अन्तरिम आदेश माग गरेका छन्। प्रारम्भिक बहसपछि न्यायाधीश खतिवडाकाे इजलासले आजै आवश्यक आदेश दिने तयारी गरेको बताइएको छ।

दाहालले २०७६ साल माघ १ गते काठमाडौंको खुलामञ्चमा गरेको भाषणलाई आधार बनाएर रिट निवेदन दर्ता गरिएको थियो। त्यसबेला दाहालले द्वन्द्वकालमा मारिएकामध्ये ५ हजार व्यक्तिको जिम्मा आफूले लिने बताएका थिए। दाहालले व्यक्ति हत्याको जिम्मा लिन्छु भन्नु विधिको विडम्बना भएको रिट निवेदनमा उल्लेख छ।

प्रकाशित: २६ फाल्गुन २०७९ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App