१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

नवनिर्वाचित राष्ट्रपतिको गृह जिल्ला तनहुँमा दीप प्रज्ज्वलन

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा उनको गृह जिल्ला तनहुँको दमौलीमा दीप प्रज्ज्वलन गरिएको छ। व्यास नगरपालिका–३ अनसन चौतारीमा आज साँझ दीप प्रज्ज्वलन गरिएको हो। 

नेपाल विद्यार्थी सङ्घ भानुभक्त क्याम्पस एकाइको आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो। दीप प्रज्ज्वलनमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेललगायत नेता तथा कार्यकर्ता सहभागी रहेका थिए। रासस

प्रकाशित: २५ फाल्गुन २०७९ १३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App