१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुजाता सिंगापुर प्रस्थान, ५० लाख दिने सरकारको निर्णय

सिंगापुर प्रस्थान गर्नुअघि त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा सुजाता कोइराला।

काठमाडौं— नेपाली कांग्रेसकी नेतृ स्वास्थ्य उपचारका लागि आइतबार सिंगापुर प्रस्थान गरेकी छन्। स्तनमा क्यान्सर देखिएपछि उपचारका लागि उनी सिंगापुर लागेकी हुन्।

आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले कोइरालाको उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

सिंगापुरको सेन्ट लुकेस अस्पतालमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण हुनेछ। 'सरकारको निर्णयबारे थाहा भए। १४ तारिकको दिनलाई डाक्टरको समय लिएकाले उहाँ सिंगापुर लाग्नुभयो', कोइरालाका स्वकिय सचिव लक्ष्मण थपलियाले नागरिकन्युजसँग भने।

सिंगापुरमा उनको स्तन क्यान्सरको विस्तृत परीक्षण हुनेछ। 'सुरुवाती अवस्थाको क्यान्सर देखिएकाले किमो दिनुपर्छ वा पर्दैन भन्ने यकिन छैन। चिकित्सकले त्यहीँ चेकजाँच गरेपछि थाहा हुन्छ', उनले भने। सुजाताका साथ छोरी मेलानी सिंगापुर गएकी छिन्।

सिंगापुर उड्ने क्रममा नेतृ कोइरालाले त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलको भिअाइपी कक्षमा भारतीय सेनाका प्रधान सेनापति दलवीर सिंहसँग भेटवार्ता गरेकी थिइन्।

एशियाली राजनीतिक पार्टी (आइक्याप) को अन्तरार्ष्ट्रिय सम्मेलनमा भाग लिन करिब तीन महिना अघि मलेसिया पुगेका बेला गरिएको स्वास्थ्य परीक्षणमा उनलाई स्तन क्यान्सर भएको देखाएको थियो। उनको क्यान्सर सुरुवाती चरणमै रहेको बताइएको छ।

गगन थापाले नमानेपछि गृहमार्फत लगियो प्रस्ताव

यसैबीच आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले कोइरालाको उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। एक करोड रुपैयाँ दिन प्रस्ताव लगिए पनि ५० लाख मात्र दिने निर्णय भएको हो।

स्वास्थ्यमन्त्री गगनकुमार थापालाई सोसम्बन्धी प्रस्ताव ल्याउन दवाब दिइए पनि उनले नमानेपछि गृहमन्त्रीमार्फत् मन्त्रिपरिषदमा प्रस्ताव लगिएको थियो। केही समयअघि संसदको अर्थ समितिले समेत कार्यविधि नबनाई मनपरी उपचार खर्च नबाँड्न सरकारालाई निर्देशन गरेको थियो।

सोही आधारमा स्वास्थ्य मन्त्रालयले अघिल्लो बिहीबारै कार्यविधि मन्त्रिपरिषदमा दर्ता गराएको थियो। कार्यविधिमा छलफलै नगरी सरकारले यस्तो निर्णय गरेको हो। आइतबारको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री थापा अनुपस्थित रहे।

प्रकाशित: २८ कार्तिक २०७३ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App