४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

होली मौलिक विशेषतायुक्त संस्कृति: प्रदेश प्रमुख शर्मा

वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले होली पर्वले राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्ने बताएका छन्। होलीका अवसरमा शुभकामना व्यक्त गर्दै उनले भने,‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले नेपाली बिच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्दछ।’

होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति भएकाले यसको संरक्षण तथा सम्वर्द्धन गर्न सके राष्ट्रिय गौरवको धरोहर जगेर्ना हुने उनले विश्वास व्यक्त गरे। होलीलाई खुसी र सद्भावको पर्वका रूपमा मनाउनुपर्नेमा प्रमुख शर्माको जोड छ।

‘फागुलाई आपसी खुसी र सद्भावको पर्वका रूपमा ग्रहण गर्दै अनुशासित ढंगबाट हामीले मनाउनुपर्दछ’, प्रमुख शर्माले भने। रासस

प्रकाशित: २२ फाल्गुन २०७९ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App