४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

गठबन्धनमा आबद्ध दलहरू जनता अल्झाउन सफल :अध्यक्ष ओली

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने पार्टी एमालेलाई पछिपारेर गठबन्धनमा आबद्ध दलहरूले  जनतालाई अलमलमा पारेको आरोप लगाएका छन।  

आज बुद्धिजीवी परिषद्‌ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले जस्तो देश बनाउने पार्टीलाई गठबन्धनमा आबद्ध दलहरूले भ्रममा पारेर प्रतिनिधी सभामा  एमालेले कम सिटमा मात्र जित निकाल्न सफल भएको टिप्पणी गरे।

 एमालेजस्तो पार्टी जो देश बनाउँछ त्यस्तै पार्टी चुनावमा हार्छ भने जनताको चेतनाको स्तर कहाँ छ भन्ने थाहा पाउनुपर्यो उनले भने । यसले गर्दा जनताको चेतना स्तरलाई बौद्धिक जगतले  भ्रम र दिग्भ्रमित  हुने परिस्थीतलाई सही दिशामा ल्याउन अध्यक्ष ओलीले आग्रह गरे।

प्रकाशित: २० फाल्गुन २०७९ ०७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App