४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

संविधान आवश्यकता अनुसार फेरिन र फ्याँकिन सकिन्छः राजेन्द्र लिङ्देन

फाइल तस्वीर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधानलाई आवश्यकता अनुसार फेरिन र फ्याँकिन पनि सकिने बताएका छन्। उनले अहिले भइरहेको गठबन्धनलाई 'उल्टो गठबन्धन' भन्दै संविधान रक्षाको लागि गठबन्धन नभई देश र जनताको हित रक्षामा हुनुपर्ने बताएका छन्।

लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, 'संविधान गीता,बाइबल,कुरान जस्तो अपरिवर्तनीय हुँदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ।  #सन्दर्भ संविधानको रक्षाका लागि गठबन्धन!’

प्रकाशित: २० फाल्गुन २०७९ ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App