१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

ललितपुरलाई बालविवाहमुक्त जिल्ला बनाइने

ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान थालिएको छ। त्यस अन्तर्गत ‘बालविवाहमुक्त देश निर्माणमा मेरो योगदान’ विषयमा शुक्रबार  अन्तरक्रिया कार्यक्रम गरिएको छ।

११२ औं अन्तर्राष्टिय नारी दिवसको अवसरमा सिद्धिपुर सामुदायिक सिकाई केन्द्र (सीएलसी) र शान्ति शिक्षा अभियान नेपाल ललितपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको  हो।

अभियन्ता एवं दक्षिणी तथा उतरी मोहडाबाट सगरमाथा आरोहण गर्न सफल पहिलो महिला पत्रकार सगरमाथा आरोही कल्पना महर्जनले पाँंच वर्षभित्र ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान अन्तर्गत कार्यक्रम गरिएको बताइन्।

यसअघि स्कुलस्कुलमा कार्यक्रम गर्दै आएकोमा अबदेखि नगरपालिका, वडा, महिला समूह, सामुदायिक सिकाई केन्द्र (सिएलसी) आदिसँंगको सहकार्यमा प्रत्येक महिना जिल्लाका फरकफरक ठाउँंहरुमा अन्तरक्रिया कार्यक्रम गर्दै अगाडि बढ्ने योजना उनले सुनाइन्।

‘तीन वर्ष भित्रमा हामी  निशेषित बालविवाहमुक्त क्षेत्र घोषणा गर्दै पाँंच वर्ष भित्रमा जिल्लालाई नै वालविवाहमुक्त जिल्लाको रुपमा अगाडि वढाउने अभियानमा छौं, कार्यक्रममा अभियन्ता महर्जनले सुनाइन्। यस अनुसार पहिलो कार्यक्रम सिद्धिपुरमा भएको उनले जनाइन्।

कार्यक्रममा जिल्लालाई बालविवाहमुक्त जिल्ला घोषणामा आ आफूले गर्न सकिने योगदानबारे चर्चा गरिएको थियो। कार्यक्रममा त्यस क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो।

प्रकाशित: १९ फाल्गुन २०७९ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App